घान्द्रुकमा गुराँस पार्क निर्माण, ३ सय गुराँसको बिरुवा रोपियो

पाेखरा | जेठ २३, २०८१

घान्द्रुकमा गुराँस पार्क निर्माण, ३ सय गुराँसको बिरुवा रोपियो

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा विश्व वातावरण दिवसको अवसरमा गुराँस पार्क निर्माण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क स्थापनासँगै ३ सय वटा गुराँसको बिरुवा रोपिएको हो । 


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय घान्द्रुक, संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुक तथा मेश्रम बराह माविको सयुक्त पहलमा लालीगुराँस पार्क निर्माणसँगै पार्कमा गुराँससँगै अन्य विभिन्न प्रजातिका फूलहरु रोपिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।  


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका प्रमुख जगन गुरुङले पार्क निर्माणसँगै जङ्गल र गुराँसको संरक्षणमा सबैको चासो बढ्ने बताए । 


‘विश्व वातावरण दिवसको अवसरमा घान्द्रुकमा गुराँस पार्क निर्माण गरिएको छ, जंगल र गुराँसको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो’, गुरुङले भने, ‘पार्कले घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउँछ, यसको व्यवस्थापन र संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ ।’


कार्यक्रममा मेश्रम बराह मावि घान्द्रुकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले विद्यालय परिसरमा खाली रहेको जग्गामा वृक्षारोपण गर्दा सकारात्मक सन्देश जाने बताए ।


‘विद्यालय परिसरमा नै वृक्षारोपण गर्दा सकारात्मक सन्देश हामीले दिएका छौं, वन जंगल फडानी र डढेलोले विश्वमा असर पु¥याएको छ, गुरुङले भने, ‘पार्क निर्माणसँगै गुराँस लगायत अन्य फूलहरुले पार्कको महत्व बढाउँछ ।’


विश्व वातावरण दिवसको अवसरमा मेश्रम बराह माविको विद्याललय परिसरमा रहेको खाली जग्गामा संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकको सक्रियतामा वृक्षारोपण गरिएको अध्यक्ष गुञ्जमान गुरुङले बताए । 


गुराँस पार्कमा चौतारी निर्माणसँगै पार्कमा घुम्नका लागि गोरेटो बाटो निर्माण गर्ने समेत उनले बताए ।  


मेश्रम बराह मावि घान्द्रुकका प्रधानाध्यापक यामप्रसाद भण्डारीले विश्व वातारण दिवस औपचारिक कार्यक्रम मात्र नभएर स्थानीय र विद्यार्थीको लागि पार्क निर्माणसँगै वृक्षारोपण​ महत्वपूूर्ण सिकाई भएको बताए । 


पार्क निर्माण गर्न ओभर ल्याक जर्मनीले विद्यालय मार्फत आर्थिक सहयोग प्राप्त भएको संरक्षण क्षेत्र व्यवस्थापना समिति घान्द्रुकले जनाएको छ । 

पोखरा ।   सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् ।    पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो ...

थप पढ्नुहोस्

पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्